१९ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ।
शुक्रबारको तुलनामा यसदिन सुन प्रतितोला एक हजार नौ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
बिहीबार सुन प्रतितोला दुई लाख ८२ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर चार हजार दुई सय ४० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी तोलामा चार हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
साउन ३, २०८३ आइतबार ११:२०:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।