आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली, झन्डै ८० अङ्कले बढ्यो नेप्से
काठमाडौं : आर्थिक वर्ष २०८३/८४ को पहिलो दिन शुक्रबार सेयर बजारमा उत्साह देखिएको छ। अघिल्लो दिन ७.५० अंक बढेको नेप्से परिसूचक शुक्रबार ७९.७४ अंकले बढेर २६७७ विन्दुमा पुगेको छ।
शुक्रबारसहित लगातार चौथो दिन बजार बढेको हो। अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५३ करोडको कारोबार भयो।
आज २५७ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो भने ३ को स्थिर रह्यो। म्युच्युअल फण्ड बाहेक सबै समूहका उपसूचक बढेका छन्।
बैंकिङ २.४१, विकास बैंक २.१८, फाइनान्स ३.३९, होटल तथा पर्यटन ३.६६, जलविद्युत् ४.५८, लगानी ४.१२, जीवन बीमा २.७४, उत्पादन तथा प्रशोधन ४.६०, माइक्रोफाइनान्स १.८०, निर्जीवन बीमा २.११, अन्य २.७७ तथा व्यापार ०.८३ प्रतिशत बढेका छन्।
आज श्रीनगर एग्रिटेक र सुर्यकुन्ड हाइड्रोको मूल्य १५ प्रतिशत बढेको छ। शिखर पावरको १२.५४, रिजलाइन इनर्जीको १२.०६, मिडसोलु हाइड्रोपावरको १२.०५, सिटी होटलको ११.९९, थ्रीस्टार हाइड्रोपावरको १०.९६, भुजुङ हाइड्रोपावरको १०.७२ तथा नेसनल हाइड्रोपावरको १०.७० प्रतिशत मूल्य बढ्यो।
यस्तै, आत्मनिर्भर लघुवित्तको मूल्य १५ प्रतिशत घटेको छ।
धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर र ङादी ग्रुप छन्।
साउन १, २०८३ शुक्रबार १५:३७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।