आर्थिक वर्षको पहिलो दिन घट्यो सुनचाँदीको मूल्य

आर्थिक वर्षको पहिलो दिन घट्यो सुनचाँदीको मूल्य

काठमाडौं : आर्थिक वर्ष २०८३/८४ को पहिलो दिन नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३१ सय रुपैयाँले घटेर २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुनको मुल्य प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी ४ हजार ३२४ रुपैयाँमा कारोबार भएको थियो।

साउन १, २०८३ शुक्रबार ११:०९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।