सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ योजना सार्वजनिक, ५० लाखसम्म कर्जा पाइने
काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूको तत्कालको वित्तीय आवश्यकतालाई सहज बनाउन नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत ग्राहकले आफ्नो सुन तथा सुनका गरगहनाहरू धितो राखी बैंकबाट सुलभ दरमा कर्जा प्राप्त गर्न सक्नेछन्।
योजनामा ग्राहकले अधिकतम ५० लाख रुपैयाँसम्मको कर्जा सुविधा पाउनेछन् भने धितो राखिने सुनको मूल्याङ्कनका आधारमा बैंकले अधिकतम ७५ प्रतिशतसम्म कर्जा प्रवाह गर्नेछ।
यो कर्जा व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि उपयोग गर्न सकिनेछ।
बैंकका अनुसार, छिटो र सुरक्षित वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले ल्याइएको यो सुविधा हालका लागि काठमाडौंको न्यूरोड गेट शाखाबाट उपलब्ध छ।
साउन १, २०८३ शुक्रबार ०९:४९:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।