स्प्रिङबेस एआईद्वारा ‘भ्वाइस-टु-एजेन्ट’ सुविधा सार्वजनिक, अब बोलेकै भरमा वेबसाइट र एप बन्ने
काठमाडौं : अमेरिकाको डेलावेयरमा मुख्यालय रहेको इनोभेचर्स एआई इन्कले आफ्नो एआई प्लेटफर्म ‘स्प्रिङबेस एआई’मा नयाँ बहुभाषिक ‘भ्वाइस-टु-एजेन्ट’ सुविधा सार्वजनिक गरेको छ।
यस प्रविधिमार्फत प्रयोगकर्ताले १५० भन्दा बढी भाषामा बोलेरै आफ्ना विचारलाई अनुसन्धान, योजना, वेबसाइट, एप, प्रतिवेदन र अन्य डिजिटल नतिजामा रूपान्तरण गर्न सक्नेछन्।
यो सुविधा परम्परागत भ्वाइस असिस्टेन्टभन्दा फरक र उन्नत रहेको कम्पनीले जनाएको छ। यसले प्रयोगकर्ताको उद्देश्य बुझेर जटिल मौखिक निर्देशनलाई प्रत्यक्ष कार्यन्वयनमा लैजाने क्षमता राख्दछ।
स्प्रिङबेस एआईका सह-संस्थापक भरत गोल्छाका अनुसार प्रयोगकर्ताले अब आफ्नै मातृभाषामा बोलेरै उन्नत डिजिटल समाधानहरू सिर्जना गर्न सक्नेछन्।
‘हामीले संवाद गर्ने एआईभन्दा अगाडि बढेर प्रयोगकर्ताको विचारलाई प्रत्यक्ष कार्यान्वयनमा रूपान्तरण गर्ने नयाँ अनुभव विकास गरेका छौँ’, उनले भने।
यो सेवा आजैदेखि विश्वभर उपलब्ध गराइएको छ। व्यावसायिक प्रयोगकर्ता र संस्थाहरूका लागि यो सुविधा प्रतिमहिना करसहित १ हजार ४९९ नेपाली रुपैयाँमा उपलब्ध हुनेछ।
प्रयोगकर्ताले आफ्नो डाटामा पूर्ण स्वामित्व र नियन्त्रण कायम राख्दै सिधै वेबसाइटमार्फत दर्ता गरी यो सेवा प्रयोग गर्न सक्नेछन्।
साउन १, २०८३ शुक्रबार ०९:४६:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।