७ अंकले बढ्यो नेप्से, ४ अर्ब ५६ करोडको कारोबार

७ अंकले बढ्यो नेप्से, ४ अर्ब ५६ करोडको कारोबार

काठमाडौं :  बिहीबार पनि सेयर बजार बढेको छ। अघिल्लो दिन १४ अंक बढेको नेप्से परिसूचक बिहीबार ७.५० अंकले बढेर २५९७ विन्दुमा कायम भएको छ।

कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ४ अर्ब १७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५६ करोडको कारोबार भयो। 

आज १२० कम्पनीको मूल्य बढ्दा १५२ को घट्यो भने ३ को स्थिर रह्यो। अधिकांश समूहका उपसूचक बढेका छन्।

बैंकिङ ०.६२, विकास बैंक ०.०८, लगानी ०.११, जीवन बीमा ०.२५, माइक्रोफाइनान्स १.२३, निर्जीवन बीमा १.११, अन्य ०.३१ तथा व्यापार ०.३२ प्रतिशत बढेका छन्। उत्पादन तथा प्रशोधन ०.११, जलविद्युत् ०.३४, होटल तथा पर्यटा ०.०९ र फाइनान्स समूह ०.६६ प्रतिशत घटेका छन्।
 
एअआईबिएल ग्रोथ फिल्डको मूल्य १४.९६ प्रतिशत बढेको छ। त्यस्तै फर्स्ट माइक्रोफाइनान्सको १४.६७, चिरख्वा हाइड्रोपावरको १४.३४, पियोर इनर्जीको १३.९७ र  माइखोला हाइड्रोपावरको मूल्य १२.५२ प्रतिशत बढेको छ। 

आज धेरै कारोबार भएका कम्पनीमा सिंगटी हाइड्रो इनर्जी, सानिमा डिबेन्चर ८७, एनआरएन इन्फ्रास्ट्रक्चर, सेन्चुरी डिबेन्चर ८८ र रिडी पावर छन्।

असार ३२, २०८३ बिहीबार १६:२१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।