रेडक्रस लुम्बिनी प्रदेशलाई तीन थान जैविक सुक्ष्मदर्शी सहयोग
काठमाडौं : मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशलाई तीन थान जैविक सुक्ष्मदर्शी हस्तान्तरण गरेको छ।
रेडक्रसको लुम्बिनी प्रदेश निकायले सञ्चालन गरिरहेको 'रक्त बैंक स्थापना परियोजना' लाई प्राविधिक सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त उपकरणहरू उपलब्ध गराएको हो। यी उपकरणहरू रगतमा रहने रातो रक्तकण, सेतो रक्तकण तथा प्लेटलेट्समा देखिने अस्वाभाविकता पहिचान गर्न प्रयोग हुनेछन्।
बैंकका अनुसार यी सुक्ष्मदर्शीको प्रयोगले रगतको उपयुक्तता परीक्षण, संकलन, प्रशोधन, परीक्षण तथा भण्डारण प्रक्रियाको गुणस्तर नियन्त्रणलाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ। सुरक्षित र गुणस्तरीय रक्तसञ्चार सेवाको सुदृढीकरण भई जनस्वास्थ्य सेवाको प्रवर्द्धनमा योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
असार ३२, २०८३ बिहीबार १३:०१:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।