बिहीबार ३२ असार, २०८३
सुनको मूल्य बढ्दा चाँदी घट्यो
काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर दुई लाख ८५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतितोला दुई लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य भने ९० रुपैयाँले घटेको छ। आज चाँदी चार हजार तीन सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला चार हजार चार सय १५ रुपैयाँमा कारोबार भएको थियो।
असार ३२, २०८३ बिहीबार ११:०८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।