१४ अंक बढ्यो सेयर बजार, ४ अर्ब १७ करोडको कारोबार
काठमाडौं : बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ। अघिल्लो दिन ६.११ अंक बढेको नेप्से परिसूचक आज १४ अंकले बढेर २५९० विन्दुमा पुगेको छ।
नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ८ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ४ अर्ब १७ करोडमा सीमित भयो।
आज १९६ कम्पनीको मूल्य बढ्दा ५९ को घट्यो भने १९ को स्थिर रह्यो। अधिकांश समूहका उपसूचक सूचक बढेका छन्।
विकास बैंक सबैभन्दा धेरै १.३७ प्रतिशत बढेको छ। बैंकिङ ०.७४, फाइनान्स ०.५०, होटल तथा पर्यटन ०.६१, जलविद्युत् ०.४७, जीवन बीमा ०.५४, उत्पादन तथा प्रशोधन ०.५७, माइक्रोफाइनान्स ०.२७, निर्जीवन बीमा १.०३, अन्य ०.३७ प्रतिशत तथा व्यापार ०.६० प्रतिशत बढेका छन्। लगानी ०.४६ प्रतिशत घटेको छ।
कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १२.९० प्रतिशत बढेको छ।
असार ३१, २०८३ बुधबार १५:३८:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।