एनआईसी एशिया बैंकका ग्राहकलाई रोयल टुलिप काठमाडौंमा १५ प्रतिशत छुट
काठमाडौं : एन आई सी एशिया बैंक र रोयल टुलिप काठमाडौंबीच बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौता पत्रमा बैंकका तर्फबाट ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख नरेन्द्र मनाली र रोयल टुलिपका तर्फबाट सेल्स एण्ड मार्केटिङ्ग निर्देशक कमल क्षेत्रीले हस्ताक्षर गरे।
सम्झौताअनुसार अब एन आई सी एशिया बैंकका ग्राहकहरूले रोयल टुलिप होटलमा उपलब्ध खाद्य तथा पेय पदार्थ सेवाहरू उपयोग गर्दा १५ प्रतिशत आकर्षक छुट प्राप्त गर्नेछन्।
यो सुविधा प्राप्त गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गर्नुपर्नेछ। साथै, नगद भुक्तानी गर्दा समेत यो छुट सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
यस सहकार्यले ग्राहकहरूलाई लाभ पुग्नुका साथै मुलुकको डिजिटल भुक्तानी र नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने विश्वास बैंकले लिएको छ।
असार ३१, २०८३ बुधबार १२:५१:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।