सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ।

मंगलबारको तुलनामा आज सुन प्रतितोला आठ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ८४ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।

मंगलबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला ५५ रूपैयाँ बढेर चार हजार चार सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार तोलामा चार हजार तीन सय ६० रूपैयाँमा कारोबार भएको थियो।

असार ३१, २०८३ बुधबार ११:०९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।