६ अंकले बढ्यो सेयर बजार, ८ अर्ब ४१ करोडको कारोबार

६ अंकले बढ्यो सेयर बजार, ८ अर्ब ४१ करोडको कारोबार

काठमाडौं : साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ। लगातार चार दिन घटेको नेप्से परिसूचक आज ६.११ अंकले बढेर २५७६ विन्दुमा पुगेको छ। 

आज बजार बढ्दा ८ अर्ब ४१ करोडको कारोबार भएको छ। अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएको थियो।

१६४ वटा कम्पनीको मूल्य बढ्दा १०१ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

व्यापार सबैभन्दा धेरै १.४७ प्रतिशत बढ्यो। बैंकिङ ०.०९, विकास बैंक ०.२९, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०.०८, जलविद्युत् ०.२७, लगानी ०.५४, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.०७, निर्जीवन बीमा ०.२०, अन्य ०.१५ प्रतिशत बढे। उत्पादन तथा प्रशोधन समूह मात्रै आज ०.१८ प्रतिशत घट्यो।

आज धेरै कारोबार हुनेमा कुमारी बैंक डिबेन्चर ९०, एनआईएमबी डिबेन्चर ९०, एसबीआई डिबेन्चर ९०, एभरेस्ट बैंक डिबेन्चर ९१ तथा कृषि विकास बैंक डिबेन्चर ८३ छन्।

असार ३०, २०८३ मंगलबार १५:२३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।