सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच?

काठमाडौं : नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य घटेको छ।

सोमबारको तुलनामा सुनको मूल्य यसदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा किनबेच भइरहेको छ।

सोमबार सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १५ रूपैयाँ घटेर चार हजार तीन सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार चाँदी तोलामा चार हजार तीन सय ७५ रूपैयाँमा कारोबार भएको थियो। 

असार ३०, २०८३ मंगलबार ११:११:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।