नेपालमा सामसङको ग्यालेक्सी ए२७ फाइभजी सार्वजनिक, ‘असम इन्टेलिजेन्स’सँगै ६ वर्षको सफ्टवेयर सपोर्ट
काठमाडौं : सामसङ नेपालले आफ्नो लोकप्रिय ‘ए’ सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी ए२७ फाइभजी आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
युवा उपभोक्तालाई लक्षित गरी ल्याइएको यस फोनमा प्रिमियम एआई सुविधाहरू, शक्तिशाली कार्यसम्पादन र दीर्घकालीन सफ्टवेयर सपोर्ट उपलब्ध गराइएको छ।
सामसङ नेपालका एमएक्स बिजनेस डाइरेक्टर प्रणय रत्न स्थापितका अनुसार, यो फोनले एआई प्रविधिलाई सबैको पहुँचमा पुऱ्याउँछ।
‘हाम्रो २४ महिनाको ईएमआई सुविधाले आधुनिक प्रविधिलाई झनै किफायती र सहज पहुँचमा ल्याएको छ’, उनले भने।
६.७ इन्चकोएफएचडी प्ल्स सुपर एमोलेड डिस्प्ले रहेको फोनले १२० हर्ज रिफ्रेस रेट सपोर्ट गर्दछ। ७.८ एमएमको स्लिम प्रोफाइल र इन्फिनिटी-ओ डिजाइनले प्रयोगकर्तालाई ‘सिम्लेस’ भिजुअल अनुभव दिने कम्पनीको दाबी छ।
४ एनएम प्रविधिमा आधारित स्न्यापड्रैगन ६ जेन ३ मोबाइल प्लेटफर्मले मल्टिटास्किङ र गेमिङलाई प्रभावकारी बनाउने दाबी गरिएको फोनमा भ्वाइस ट्रान्सक्रिप्सन सुविधा छ।
५० एमपी मुख्य क्यामेरा सहितको ट्रिपल सेटअप र सामसङ नक्स भल्टको सुरक्षा भएको फोन आईपी-६४ वाटर र डस्ट प्रतिरोधी समेत छ।
ग्यालेक्सी ए२७ फाइभजी ब्ल्याक, लाइट ग्रीन र लाइट पिंक गरी तीन रङहरूमा उपलब्ध छ। फोनको ८जीबी/५१२जीबी भेरियन्ट ६९ हजार ९ सय ९९ रुपैयाँमा पाइन्छ भने यसको २४ महिने किस्ता १८ सय ९९ रुपैयाँ पर्छ।
यस्तै फोनको ६जीबी/१२८जीबी भेरियन्टको कुल मूल्य ५५ हजार ९ सय ९९ रुपैयाँ तोकिँदा यसको २४ महिने किस्ता प्रतिमहिना १५ सय १९ रुपैयाँ छ।
सामसङले नयाँ फोन खरिदलाई सहज बनाउनका लागि शून्य डाउनपेमेन्टमा ईएमआई सुविधा दिएको छ। जसमा मासिक मात्र रु १५ सय १९ बाट सुरु हुने २४ महिनाको किस्ता सुविधा रहेको छ।
पुरानो फोन साट्दा मूल्याङ्कन रकममा थप ८ हजार रुपैयाँसम्मको बोनसको घोषणा गरेको कम्पनीले १२३ जीबी एनसेल डेटा उपहार समेत दिने भएको छ।
यस फोनमा सामसङले ६ वर्षको सफ्टवेयर र सुरक्षा अपडेटको ग्यारेन्टी दिएको छ, जसले गर्दा प्रयोगकर्ताले लामो समयसम्म ढुक्क भएर फोन चलाउन सक्नेछन्।
असार ३०, २०८३ मंगलबार १०:०३:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।