इसेवाको ‘सहारा हेल्थ इन्स्योरेन्स’ योजना, वार्षिक रु १३ सय ९९ मै ६ लाखसम्मको बीमा सुरक्षा
काठमाडौं : डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले शिखर इन्स्योरेन्ससँगको सहकार्यमा ‘सहारा हेल्थ इन्स्योरेन्स’ मार्फत स्वास्थ्य बीमा सेवामा नागरिकको पहुँच विस्तार गरिरहेको छ।
सर्वसाधारणलाई सुलभ, भरपर्दो र झन्झटमुक्त स्वास्थ्य सुरक्षा प्रदान गर्ने उद्देश्यले ल्याइएको यस योजनामा वार्षिक मात्र रु १३ सय ९९ प्रिमियम तिरेर रु ६ लाखसम्मको बीमा कभरेज प्राप्त गर्न सकिन्छ।
ग्राहकले आफ्नो आवश्यकताअनुसार रु १ लाख, २ लाख वा ५ लाखको स्वास्थ्य बीमासँगै रु १ लाखसम्मको दुर्घटना बीमा (कुल ६ लाखसम्म) प्राप्त गर्न सक्नेछन्।
इसेवा एपको ‘इन्सुरेन्स’ सेक्सनबाट कुनै पनि कागजी प्रक्रिया वा बीमा कम्पनी धाउनु नपर्ने गरी केही मिनेटमै बीमा खरिद र नवीकरण गर्न सकिन्छ।
२४ घण्टाभन्दा बढीको अस्पताल भर्ना, १५० भन्दा बढी डे-केयर सेवा र २५ भन्दा बढी अस्पतालमा नगदरहित उपचारको व्यवस्था छ।
५ देखि ६५ वर्ष उमेर समूहका नागरिकले यो सेवा लिन सक्ने कम्पनीले जनाएको छ।
गत भदौदेखि सुरु भएको यस योजनाबाट हालसम्म १० हजारभन्दा बढी ग्राहक लाभान्वित भइसकेका छन्।
डिजिटल माध्यमबाट बीमा सेवालाई सहज बनाउँदै नेपाली नागरिकको स्वास्थ्य तथा वित्तीय सुरक्षालाई सुदृढ बनाउन इसेवा प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।
असार ३०, २०८३ मंगलबार ०९:४९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।