फोटोनको ‘टोटल केयर’ नेटवर्क विस्तार : थपिए पाँच नयाँ सर्भिस पोइन्ट, देशभर २१ स्थानबाट सेवा

फोटोनको ‘टोटल केयर’ नेटवर्क विस्तार : थपिए पाँच नयाँ सर्भिस पोइन्ट, देशभर २१ स्थानबाट सेवा

काठमाडौं : नेपालका लागि फोटोन सवारी साधनको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रा.लि.ले आफ्नो बिक्रीपछिको सेवा नेटवर्कलाई थप सुदृढ बनाउँदै देशभर पाँच नयाँ 'टोटल केयर शिल्ड सर्भिस पोइन्ट' सञ्चालनमा ल्याएको छ।

कम्पनीले भालुवाङ, बागलुङ, लालबन्दी, चन्द्रपुर (चपुर) र लहानमा नयाँ आधिकारिक सर्भिस पोइन्टहरू थप गरेको हो। यस विस्तारसँगै फोटोनको देशव्यापी सेवा सञ्जाल २१ भन्दा बढी स्थानमा पुगेको छ।

विद्युतीय सवारी साधनको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै फोटोनले ग्राहकलाई स्थानीयस्तरमै भरपर्दो मर्मत–सम्भार र प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले यो कदम चालेको हो।

नयाँ स्थापना गरिएका शिल्ड सर्भिस पोइन्टहरूले सम्बन्धित क्षेत्रका ग्राहकलाई छिटो र सुविधाजनक सेवा प्रदान गर्नेछन्।

विशेषगरी दैनिक सञ्चालनमा निर्भर रहने शैक्षिक संस्था, लजिस्टिक्स व्यवसायी तथा व्यावसायिक सवारी सञ्चालकहरूका लागि यो विस्तार निकै महत्वपूर्ण हुने कम्पनीले विश्वास लिएको छ।

फोटोनको ‘टोटल केयर’ नेटवर्कमार्फत ग्राहकले नियमित मर्मत-सम्भार, प्राविधिक परीक्षण र वारेन्टी सहयोग प्राप्त गर्नेछन्।

यी सर्भिस पोइन्टहरूमा विद्युतीय सवारीका लागि आवश्यक विशेष ‘डायग्नोस्टिक्स’ उपकरण, तालिमप्राप्त ईभी प्राविधिक र फोटोनका आधिकारिक स्पेयर पार्ट्सहरूको उपलब्धता सुनिश्चित गरिएको छ।

सवारी साधन सञ्चालनमा आउने अवरोध कम गर्ने र सञ्चालन खर्च घटाउनु फोटोन टोटल केयर कार्यक्रमको मुख्य लक्ष्य हो।

‘मुख्य सहरी क्षेत्र बाहिर पनि सेवा विस्तार गरेर हामीले ग्राहकले सेवाका लागि लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता हटाउन चाहेका छौँ’, कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

एमएडब्लु वृद्धि कमर्सियल भेइकल्सले नेपालभर आफ्नो शोरुम र सेवा केन्द्रको सञ्जालमार्फत व्यावसायिक गतिशीलताको समाधान उपलब्ध गराउँदै आएको छ।

असार ३०, २०८३ मंगलबार ०९:४२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।