मोरङको कञ्चनबारीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन
मोरङ : नेपालको अग्रणी टायल ब्रान्ड कजारिया रमेश टायल्स लिमिटेडले मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सँगको सहकार्यमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।
असार २५ गते आयोजित एक विशेष समारोहका बीच कम्पनीका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपालले संयुक्त रूपमा शोरुमको उद्घाटन गरे।
स्थानीय घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरहरूलाई विश्वस्तरीय वाल, फ्लोर र बाथवेयर सोलुसन्स उपलब्ध गराउने उद्देश्यले यो शोरुम खोलिएको हो।
हाल नेपालभर १०० भन्दा बढी शोरुमको सञ्जाल रहेको कजारियाले यस नयाँ आउटलेटमार्फत ३ हजारभन्दा बढी आधुनिक डिजाइनका विकल्पहरू प्रदान गर्नेछ।
गुणस्तर र अत्याधुनिक प्रविधिका लागि चिनिएको कजारियाले यस विस्तारसँगै पूर्वी नेपालमा आफ्नो बजार पहुँचलाई थप सुदृढ बनाएको छ।
असार ३०, २०८३ मंगलबार ०९:३८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।