सिटी एक्सप्रेसको २०औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम, उत्कृष्ट कर्मचारी सम्मानित

सिटी एक्सप्रेसको २०औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम, उत्कृष्ट कर्मचारी सम्मानित

काठमाडौं : सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो स्थापनाको १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ।

असार २७ गते परेको वार्षिकोत्सवको अवसरमा 'रक्तदान जीवनदान-हामी सबैको योगदान' भन्ने मूल नाराका साथ कमलादीस्थित केन्द्रीय कार्यालयमा खुला रक्तदान सम्पन्न भएको हो।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित उक्त कार्यक्रममा कर्मचारी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता थियो।

सोही अवसरमा कम्पनीले वर्षभरि उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई पुरस्कृत समेत गरेको छ। कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसडर एवं चर्चित हास्य कलाकार जितु नेपालको विशेष उपस्थिति रहेको थियो।

विगत १९ वर्षदेखि रेमिट्यान्स क्षेत्रमा सक्रिय सिटी एक्सप्रेसले पछिल्लो समय 'सिटी पे' वालेटमार्फत अनलाइन भुक्तानी र रेमिट्यान्स भुक्तानीको आधुनिक सेवा समेत प्रदान गर्दै आएको छ।

असार ३०, २०८३ मंगलबार ०९:३२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।