हेल्दी होमले मनायो २१औँ वार्षिकोत्सव

हेल्दी होमले मनायो २१औँ वार्षिकोत्सव

काठमाडौं : होलिस्टिक हेल्थ, एस्थेटिक्स र वेलनेस सेवा दिँदै आएको संस्था हेल्दी होमले २१औं वार्षिकोत्सव मनाएको छ।

२०६३ देखि सेवा सुरु गरी हालसम्म ५० हजारभन्दा बढी ग्राहकलाई सेवा दिइसकेको यस संस्थाले २१औं वार्षिकोत्सवका अवसरमा नयाँ पुस्ताको नेतृत्वसँगै आधुनिक प्रविधि र थप शाखा विस्तार गर्ने घोषणा गरेको छ।

मोहन भुसाल र कृष्ण भट्टराईले संयुक्त रूपमा स्थापना गरेको हेल्दी होम हाल काठमाडौं र पोखरामा गरी ४ वटा शाखामार्फत सञ्चालनमा छ। कम्पनीका अनुसार हालसम्म ५० हजारभन्दा बढी सेवाग्राहीले यसको सेवा लिइसकेका छन् ।

वेट म्यानेजमेन्ट, बडि शेपिङ, तथा छाला र कपालको विश्लेषण स्किन एण्ड हेयर एनलाइसिस सेवाका लागि परिचित यस संस्थाले नेपालमा पहिलोपटक तौल घटाउने प्रविधि भित्र्याएको दाबी गरेको छ।  

वार्षिकोत्सवका अवसरमा बोल्दै संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मोहन भुसालले २१ वर्षको यात्रा ग्राहकको विश्वास र टिमको समर्पणका कारण सम्भव भएको बताए। स्वस्थ जीवनशैलीप्रति सचेत समाज निर्माण गर्ने उद्देश्यका साथ स्थापित संस्थालाई अब नयाँ पुस्ताको नेतृत्वले अझ नयाँ उचाइमा पुर्याउने विश्वास उनले व्यक्त गरे। 

यस्तै, संस्थाका नवनिर्वाचितप्रबन्ध निर्देशक मन्दिप भुसालले संस्थापकद्वयको दूरदृष्टि र मूल्य-मान्यतालाई आधार बनाएर आधुनिक प्रविधि, नवीन सेवा र उत्कृष्ट ग्राहक अनुभवमार्फत संस्थालाई अघि बढाउने प्रतिबद्धता जनाए। 

२१औं वार्षिकोत्सवलाई विशेष बनाउन हेल्दी होमले सञ्चालन गरेको क्याम्पेन अन्तर्गत लक्की ड्रमार्फत विजेताहरू छनोट गरी पुरस्कार वितरण गरेको छ। 

आगामी दिनमा हेल्दी होमले ब्रान्डको विस्तार, नयाँ प्रविधि र सेवाहरूको समावेश गर्दै वेलनेस तथा एस्थेटिक्स क्षेत्रमा आफ्नो प्रभावलाई अझ व्यापक बनाउने लक्ष्य राखेको छ। 

असार २८, २०८३ आइतबार १८:५८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।