स्कोडाको नयाँ कुशाक एसयूभी बजारमा
काठमाडौं : स्कोडा नेपालले नयाँ स्कोडा कुशाक एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ।
रीयल ड्राइभर्स वान्टेड भन्ने नयाँ ट्यागलाइनसहित यो गाडी स्कोडा शोरुममा सार्वजनिक गरिएको हो।
आइतबार स्कोडा कुशाकको नयाँ फेसलिफ्ट सार्वजनिक गर्दै एमएडब्लु वृद्धि ग्रुपका प्रबन्ध निर्देशक तथा अध्यक्ष विष्णु अग्रवालले आजदेखि नेपाली बजारमा कुशाक खरिद गर्न सकिने बताए।
एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, “कुशाकले युरोपेली इन्जिनियरिङलाई नेपाली सडकमा ल्याएको छ, तर नेपाली ग्राहकलाई युरोपेली मूल्य तिर्न बाध्य बनाएको छैन। यही नै यसको वास्तविक मूल्य हो।”
कम्पनीले १.५ लिटर टिएसआई इन्जिनसहित नयाँ भेरियन्टहरू ‘मोन्टे कार्लो’ र ‘स्पोर्टलाइन’ बजारमा ल्याएको हो।
युरोपेली इन्जिनियरिङको विरासत बोकेको यो अन्तर्राष्ट्रिय ब्रान्डको एसयूभी नेपाली बजारमा ५७ लाख ९० हजारको सुरुवाती मूल्यमा उपलब्ध गराइएको छ। यसका साथै ग्राहकको स्वामित्व लागतलाई ध्यानमा राख्दै कम्पनीले 'प्रमिश अफ टुयल्भ' योजना ल्याएको छ।
नेपालमा स्कोडा ब्रान्डको आधिकारिक प्रतिनिधित्व एमएडब्लु समूह अन्तर्गतको कम्पनी एमएडब्लु वृद्धिले गर्दै आएको छ।
असार २८, २०८३ आइतबार १८:४३:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।