सुनको मूल्य बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

सुनको मूल्य बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।

शुक्रबारको तुलनामा सुनको मूल्य आज ६ सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा किनबेच भइरहेको छ।

शुक्रबार सुन प्रतितोला दुई लाख ८७ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आइतबार चाँदीको मूल्य भने घटेको छ। चाँदी प्रतितोला ३५ रूपैयाँ घटेर चार हजार चार सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार चाँदी तोलामा चार हजार पाँच सय १० रूपैयाँमा कारोबार भएको थियो।

असार २८, २०८३ आइतबार ११:१९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।