महालक्ष्मी विकास बैंकले ज्ञानेश्वरमा सञ्चालनमा ल्यायो काफी लाउन्जसहितको ‘डिजिटल हब’
काठमाडौं : महालक्ष्मी विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा काफी लाउन्जसहितको ‘डिजिटल हब’ रहेको कार्यालय सञ्चालनमा ल्याएको छ।
परम्परागत बैंकिङ शैलीमा गरिएको सुधारले आरामदायी वातावरणमा बसेर नगद जम्मा गर्ने, चेक क्लियरिङ गर्ने, नगद झिक्ने लगायतका विद्युतीय कारोबारहरू गर्न सहज हुने बैंकले जनाएको छ।
नेपालको बैंकिङ क्षेत्रमा काफी लाउन्जसहितको यस्तो डिजिटल सेवा प्रदान गर्ने आफू पहिलो बैंक भएको दाबी महालक्ष्मीले गरेको छ। प्रविधिमा रुचि राख्ने युवा पुस्तालाई आकर्षित गर्न र डिजिटल बैंकिङमा पहुँच विस्तार गर्न यो हब सहयोगी हुने बैंकको विश्वास छ।
डिजिटल बैंकिङ सेवाका बारेमा आवश्यक परामर्श र जानकारी समेत प्राप्त गर्न सकिने भएकोले यसलाई डिजिटल सिकाइको केन्द्रका रूपमा समेत विकास गर्ने लक्ष्य लिइएको छ। नेपाल राष्ट्र बैंकको रेगुलेटरी स्यान्डबक्सको अवधारणालाई अवलम्बन गर्दै वित्तीय सेवामा नवप्रवर्तन ल्याउन र सुरक्षित प्रविधिको प्रयोग बढाउन बैंक प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
असार २७, २०८३ शनिबार १७:०५:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।