लमजुङ र दाङका दुई विद्यालयलाई एन आई सी एशिया बैंकको शैक्षिक सामग्री सहयोग

लमजुङ र दाङका दुई विद्यालयलाई एन आई सी एशिया बैंकको शैक्षिक सामग्री सहयोग

काठमाडौं : एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लमजुङ र दाङका दुई सरकारी विद्यालयहरूलाई विभिन्न शैक्षिक सामग्री तथा पोसाक सहयोग गरेको छ।

बैंकले विपन्न वर्गका विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउँदै गुणस्तरीय शिक्षामा टेवा पुऱ्याउने उद्देश्यले उक्त सहयोग उपलब्ध गराएको हो।  

बैंकले लमजुङको सुन्दरबजारस्थित श्री सर्वोदय माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूका लागि विद्यालय पोसाक, झोला र शैक्षिक सामग्रीहरू प्रदान गरेको छ।

यस्तै, बैंकले दाङको तुलसीपुर उप–महानगरपालिका–१, भ्यूडहर, सुनपुरस्थित श्री विरेन्द्र माध्यमिक विद्यालयलाई पनि झोला र शैक्षिक सामग्रीहरू सहयोग स्वरूप उपलब्ध गराएको छ। 

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी जयन्द्र रावलका अनुसार यस सहयोगले विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउनुका साथै विद्यालयहरूमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न मद्दत पुग्ने बैंकले विश्वास लिएको छ।  

असार २७, २०८३ शनिबार १३:२७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।