डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोशनल इन्टेलिजेन्स’ लोकार्पण
ललितपुर : लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल डा. मित्रबन्धु पौडेलद्वारा लिखित ‘इमोसनल इन्टेलिजेन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ पुस्तकको लोकार्पण गरिएको छ।
ललितपुरस्थित एलए स्कुलको हलमा बिहीबार आयोजित कार्यक्रममा एल ए एजुकेसन ग्रुपका संस्थापक उमेश श्रेष्ठले पुस्तकको लोकार्पण गरे। उनले वर्तमान एआइको युगमा मानवीय संवेदनशीलता र भावनात्मक नेतृत्व (EI)को महत्त्व झन् बढेर गएको बताए।
उनले प्रविधिले काम सहज बनाए पनि सहानुभूति, सम्बन्ध व्यवस्थापन र मानवीय संवेदनशीलताको विकल्प नरहेको उल्लेख गरे। पुस्तकमाथि समीक्षा गर्दै अध्येता सुजना घिमिरे, काठमाडौं विश्वविद्यालयकी एसोसिएट डिन डा. रोशी लामिछाने र पूर्व डिन प्रोफेसर डा. पन्ना थापाले पुस्तकले अनुसन्धान, सिद्धान्त र व्यवहारलाई प्रभावकारी रूपमा जोडेको बताए।
लेखक डा. मित्रबन्धु पौडेलले भावनात्मक बौद्धिकतालाई गहिरो रूपमा बुझ्ने र बुझाउने उद्देश्यले पुस्तक तयार पारिएको बताए।
असार २६, २०८३ शुक्रबार १८:३७:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।