झिनो अंकले घट्यो नेप्से, ६ अर्ब ८६ करोडको सेयर किनबेच

झिनो अंकले घट्यो नेप्से, ६ अर्ब ८६ करोडको सेयर किनबेच

काठमाडौं : साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ। शुक्रबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक १.१३ अंक घटेर २६०० विन्दुमा कायम भएको छ।

मंगलबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएपछि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक निरन्तर घटिरहेको छ। बुधबार  ३०.०९ अंकले घटेको नेप्से बिहीबार १९.६७ अंक घटेको थियो। पछिल्ला तीन कारोबार दिनमा नेप्से कुल ५० अंक घटेको छ।

आज कारोबार रकम भने बढेको छ। बिहीबार चार अर्ब ६१ करोड बराबरको सेयर कारोबार भएकोमा शुक्रबार छ अर्ब ८६ करोडको भएको छ।

१२० कम्पनीको मूल्य बढ्दा १३५ को घट्यो भने १९ को स्थिर रह्यो।

लगानी ०.१४, उत्पादन तथा प्रशोधन ०.२५, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा ०.०८ तथा व्यापार समूह १.३८ प्रतिशत बढेका छन्। बैंकिङ ०.१७, विकास बैंक ०.३९, फाइनान्स ०.२८, होटल तथा पर्यटन ०.३७, जलविद्युत् ०.२७, अन्य ०.१३ र जीवन बीमा समूह ०.०८ प्रतिशत घटेका छन्।

शुक्रबार आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १०.६६ प्रतिशतले बढेको छ।

असार २६, २०८३ शुक्रबार १६:२०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।