बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। आइतबारदेखि लगातार घट्दै आएको सुनचाँदीको मूल्य आज बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई हजार सात सयले बढेर दुई लाख ८७ हजार चार सय रुपैयाँमा बारोबार भइरहेको छ।
बिहीबार सुन प्रतितोला दुई लाख ८४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदी तोलामा एक सय ७० रूपैयाँले बढेर चार हजार पाँच सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदी चार हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको थियो।
असार २६, २०८३ शुक्रबार ११:२३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।