इनड्राइभ नेपालले ल्यायो ‘आफ्नै रोजाइको भाडा’ क्याम्पेन
काठमाडौं : विश्वव्यापी मोबिलिटी प्लेटफर्म इनड्राइभले नेपालमा ‘आफ्नै रोजाइको भाडा। यहाँ मात्र।’ भन्ने मूल नाराका साथ नयाँ ‘प्यासेन्जर ३६०° क्याम्पेन’ सुरु गरेको छ।
सन् २०२६ को जुनदेखि सेप्टेम्बरसम्म चल्ने यो अभियान विशेषगरी काठमाडौँको व्यस्त आवागमनलाई लक्षित गरी ल्याइएको हो।
यस क्याम्पेन अन्तर्गत यात्रुले आफैँ भाडा प्रस्ताव गर्न सक्ने र चालकसँगको आपसी सहमतिमा मात्र यात्रा सुरु हुने इनड्राइभको मौलिक मोडललाई यसले प्रोत्साहन गर्छ।
यात्रुले उपलब्ध चालकहरूको विकल्प, रेटिङ र सवारी साधन हेरेर आफ्नो आवश्यकता अनुसार छनोट गर्न पाउनेछन्।
यात्रा स्वीकार गर्नुअघि नै भाडा र चालकको जानकारी प्रस्ट हुने भएकाले यात्रा थप सुरक्षित र विश्वसनीय हुने कम्पनीको दाबी छ।
इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रिता पोखरेलका अनुसार, काठमाडौंका यात्रुहरूले खोज्ने पारदर्शिता र लचकतालाई सम्बोधन गर्न यो अभियान ल्याइएको हो।
यो अभियान अन्तर्गत डिजिटल माध्यम, सामाजिक सञ्जाल र सहरका विभिन्न स्थानमा प्रत्यक्ष प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछ।
असार २६, २०८३ शुक्रबार ११:०९:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।