कोशी प्रदेशमा बजार विस्तार गर्न इटहरीको हलगाडामा कजारिया रमेश टाइल्सको नयाँ शोरुम

कोशी प्रदेशमा बजार विस्तार गर्न इटहरीको हलगाडामा कजारिया रमेश टाइल्सको नयाँ शोरुम

इटहरी : कजारिया रमेश टाइल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो रिटेल सञ्जाल फैलाउन इटहरीको हलगाडामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। 'ए–क्लास मार्बल्स एण्ड टाइल्स' सँगको सहकार्यमा व्यवस्थापन गरिएको शोरुमले स्थानीय घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट र इन्टिरियर डिजाइनरहरूलाई विश्वस्तरीय ब्रान्डका फ्लोर र वाल टाइल्स सहजै उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ।

कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल कस्मो २०२५ दीप्तीशिखा नेपालले शोरुम उद्घाटन गरेका थिए। समारोहमा उपस्थित ए–क्लास मार्बल्स एण्ड टाइल्सको व्यवस्थापन टोलीले स्थानीय बासिन्दा तथा व्यावसायिक साझेदारहरूलाई नयाँ शोरुम अवलोकनका लागि स्वागत गरेका थिए।

शोरुमले ग्राहकहरूलाई उत्कृष्ट र सजिलो खरिद अनुभव प्रदान गर्ने र ग्राहकहरूले विभिन्न टाइल्सका डिजाइन, प्याटर्न र फिनिसिङका विकल्पहरू प्रत्यक्ष स्पर्श गरी, महसुस गरेर आफ्ना व्यक्तिगत वा व्यावसायिक परियोजनाका लागि आवश्यक पर्ने टाइल छनोट गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।
 

असार २५, २०८३ बिहीबार २०:०६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।