शाओमी १७ अल्ट्राले सगरमाथामा खिचेको 'माउन्ट एभरेस्ट एक्सपेडिसन' भिडियो सार्वजनिक

शाओमी १७ अल्ट्राले सगरमाथामा खिचेको 'माउन्ट एभरेस्ट एक्सपेडिसन' भिडियो सार्वजनिक

काठमाडौँ  : विश्वप्रसिद्ध कीर्तिमानी हिमाल आरोही गेल्जे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा खिचेको एक विशेष भिडियो सार्वजनिक भएको छ। शाओमी नेपालले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत 'माउन्ट एभरेस्ट एक्सपेडिसन' नामक भिडियो सार्वजनिक गरेको हो।

यो भिडियो सन् २०२६ को मे महिनामा गेल्जे शेर्पा आफैँले सगरमाथा आरोहण गर्दाको वास्तविक दृश्यांकन हो। गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउन सफल र विभिन्न विश्व कीर्तिमान कायम गरेका शेर्पाले यो भिडियो शाओमीको नयाँ फ्ल्यागसिप स्मार्टफोन 'शाओमी १७ अल्ट्रा'  प्रयोग गरेर खिचेका बताइएको छ।

कम्पनीले संसारकै सर्वोच्च र सबैभन्दा कठोर प्राकृतिक परिवेशलाई आफ्नो उपकरणको वास्तविक परीक्षण स्थल बनाएको छ। यसले फोनको क्यामेरा क्षमता मात्र नभई, उपकरणको विश्वसनीयता, टिकाउपन र चरम परिस्थितिमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्ने उच्च आत्मविश्वासलाई उजागर गरेको कम्पनीले बताएको छ।

असार २५, २०८३ बिहीबार १९:४५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।