सेयर बजार राताम्य, १९ अंकले घट्यो नेप्से

सेयर बजार राताम्य, १९ अंकले घट्यो नेप्से

काठमाडौं : बिहीबार सेयर बजार दोहरो अंकले घटेको छ। अघिल्लो दिन ३० अंक घटेको नेप्से परिसूचक आज १९.६७ अंकले घटेर २६०१ विन्दुमा कायम भएको छ। 

आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन चार अर्ब ८२ करोडको कारोबार भएकोमा आज चार अर्ब ६१ करोडको भयो।

२ कम्पनीको मूल्य बढ्दा २२९ को घट्यो भने ६ को स्थिर रह्यो।

यसदिन सबै समूहका उपसूचक घटेका छन्। बैंकिङ ०.५०, विकास बैंक १.११, फाइनान्स ०.६२, होटल तथा पर्यटन ०.७६, जलविद्युत् ०.७०, लगानी ०.९५, जीवन बीमा ०.६१, उत्पादन तथा प्रशोधन १.१९, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.६६, अन्य ०.१८ तथा व्यापार २.३६ प्रतिशत घटे।

उपकार लघुवित्तको १२.६८ तथा स्नो रिभर्सको मूल्य ११.७६ प्रतिशत बढेको छ। 

असार २५, २०८३ बिहीबार १५:३४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।