काठमाडौंको ताम्राकार हाउसमा शाओमीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौंको ताम्राकार हाउसमा शाओमीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं : शाओमीले काठमाडौंको न्युरोडस्थित ताम्राकार हाउसमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

ताम्राकार हाउसको छैटौं तलामा अवस्थित यस सेन्टरको मुख्य उद्देश्य शाओमीका प्रयोगकर्ताहरूलाई थप सहज र गुणस्तरीय सेवा प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यहाँ शाओमीका स्मार्टफोन, वेअरेबल्स (स्मार्टवाच र फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन/हेडफोन) तथा आईओटी उपकरणहरूको मर्मत र प्राविधिक सहयोग उपलब्ध हुनेछ।

शाओमीका जेन्युइन स्पेयर पार्ट्स प्रयोग गरी भरपर्दो सेवा सुनिश्चित गर्ने यो सर्भिस सेन्टर शारदा ग्रुप अन्तर्गतको वत्सल ईम्पेक्स प्रा.लि.ले सञ्चालन गर्नेछ।

उद्घाटनमा कम्पनीले आफ्ना ग्राहकका लागि विशेष आकर्षक छुट योजना समेत ल्याएको छ।

वत्सल ईम्पेक्सका डाइरेक्टरद्वय गौरव शारदा र नितेश कुमार मुन्द्राले नयाँ सेन्टरको सुरुवातले ग्राहकलाई अझ छिटो र सहज सेवा पुर्याउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने बताए।

असार २५, २०८३ बिहीबार १३:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।