नेपालमा इन्फिनिक्स ‘हट ७०’ सार्वजनिक, मासिक १६ सयको किस्तामा किन्न सकिने
काठमाडौं : स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले आफ्नो चर्चित ‘हट’ सिरिज अन्तर्गतको नयाँ मोडल इन्फिनिक्स हट ७० नेपाली बजारमा सार्वजनिक गरेको छ।
एआई प्रविधि, शक्तिशाली कार्यसम्पादन र प्रिमियम डिजाइनसहितको यो फोनमा कम्पनीले विशेष सहुलियतको घोषणा गरेको छ।
नेपाली बजारमा यो फोन दुईवटा भेरियन्टमा उपलब्ध छ। ६ जीबी + १२८ जीबी स्टोरेजको मूल्य ३१ हजार ९ सय ९९ तोकिँदा ८ जीबी + १२८ जीबी स्टोरेजको मूल्य ३४ हजार ९ सय ९९ रुपैयाँ राखिएको छ।
ग्राहकले शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधामार्फत मासिक मात्र १६ सय रुपैयाँदेखि सुरु हुने किस्तामा यो फोन खरिद गर्न सक्नेछन्। यसका लागि नागरिकता वा राष्ट्रिय परिचयपत्र पेश गर्नुपर्नेछ।
६.७८ इन्चको १२० हर्ज अल्ट्रा-ब्राइट डिस्प्ले भएको फोनमा मिडियाटेक हेलियो जी१०० अल्टीमेट प्रोसेसर, ६ हजार एमएएचको ब्याट्री र ४५ वाटको फास्ट चार्जिङ रहेको छ।
५० एमपी एआई रियर क्यामेरा र ८ एमपी फ्रन्ट क्यामेरा रहेको फोनमा ७.४९ एमएम स्लिम बडी छ। यसको ‘थर्मो ओरेन्ज’ भेरियन्टले तापक्रम अनुसार रङ परिवर्तन गर्दछ। फोनलाई धुलो र पानीबाट जोगाउन आईपी६५ रेटिङ समेत छ।
५ वर्षसम्मको सफ्टवेयर अपडेट र ३ वटा एन्ड्रोइड ओएस अपग्रेडको सुविधा दिइएको फोन ६ वटा रङमा उपलब्ध छ।
असार २५, २०८३ बिहीबार १३:४७:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।