२४ सयले घट्यो सुन, चाँदी पनि सस्तियो
काठमाडौं : नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। आइतबारदेखि लगातार घट्दै आएको सुनचाँदीको मूल्य आज थप घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा दुई हजार चार सय सयले घटेर दुई लाख ८४ हजार सात सय रुपैयाँमा बारोबार भइरहेको छ।
बुधबार सुन दुई लाख ८७ हजार एक सय रुपैयाँमा कारेबार भएको थियो।
यस्तै, चाँदी तोलामा एक सय ६० रुपैयाँले घटेर चार हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार चाँदी चार हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
असार २५, २०८३ बिहीबार ११:०५:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।