प्रोटोन ई. एमएएस-५ नेपाली बजारमा आउँदै

प्रोटोन ई. एमएएस-५ नेपाली बजारमा आउँदै

काठमाडौं : नेपालको विद्युतीय सवारी (ईभी) बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार-विजेता कम्प्याक्ट एसयूभी 'प्रोटोन ई. एमएएस-५' छिट्टै सार्वजनिक हुने भएको छ।  अत्याधुनिक प्रविधि, स्मार्ट सुविधा र प्रमाणित गुणस्तरसहितको यो पूर्ण विद्युतीय सवारीलाई जगदम्बा मोटर्सले नेपाली बजारमा भित्र्याउन लागेको हो। 

विद्युतीय सवारी प्रविधिमा अग्रणी 'जिली' र 'प्रोटोन'को रणनीतिक सहकार्यमा विकसित यस एसयूभीमा विश्वस्तरमा प्रमाणित प्रविधिको प्रयोग गरिएको छ। आधुनिक चालकहरूको बदलिँदो आवश्यकतालाई मध्यनजर गर्दै तयार पारिएको यस गाडीले नेपाली ग्राहकलाई उत्कृष्ट, भरपर्दो र सहज सवारी अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।  

प्रोटोन ई. एमएएस-५ ले मलेसियाको प्रतिष्ठित 'एलायन्ज डीएसएफ भेहिकल अफ द इयर अवार्ड'मा 'इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर, २०२६' को उपाधि प्राप्त गरिसकेको छ। 

यसको आधुनिक डिजाइन, उन्नत विद्युतीय प्रविधि, आरामदायी यात्रा र दैनिक प्रयोगका लागि उपयुक्त विशेषताका आधारमा यो अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो। 

आधुनिक जीवनशैली सुहाउँदो डिजाइन गरिएको यस गाडीमा सामान व्यवस्थापनका लागि तीनवटा विशेष स्मार्ट स्टोरेज सुविधाहरू रहेका छन्। यसमा  ७० लिटर क्षमताको अगाडिको स्टोरेज छ भने आफ्नो वर्गमै पहिलो पटक उपलब्ध २८ लिटर क्षमताको सिटमुनिको स्टोरेज रहेकव छ। यस्तै, २० लिटर क्षमताको सेन्टर कन्सोलमुनिको स्टोरेज पनि रहेको छ।

यी सुविधाहरूले गाडीभित्रको उपलब्ध स्थानको प्रभावकारी उपयोग गर्दै दैनिक आवश्यक सामग्रीहरू व्यवस्थित रूपमा राख्न सहयोग पुर्याउनेछन्।  

नेपालमा विश्वस्तरमा प्रमाणित विद्युतीय सवारी उपलब्ध गराउने प्रतिबद्धता अनुसार यो नयाँ मोडेल भित्र्याउन लागिएको जगदम्बा मोटर्सले उल्लेख गरेको छ। जिलीको उन्नत ईभी प्रविधि र प्रोटोनको विश्वसनीय इन्जिनियरिङको संयोजन रहेको यो पुरस्कार-विजेता सवारीले नेपाली ग्राहकलाई नवीन प्रविधि, सुरक्षा, व्यवहारिकता र उत्कृष्ट मूल्य-प्रतिफल प्रदान गर्ने कम्पनीले बताएको छ। 

असार २४, २०८३ बुधबार १९:४३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।