टिकेन सेयर बजारको उत्साह, नेप्से परिसूचक ३० अंकले घट्यो
काठमाडौं : मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ। अघिल्लो दिन २४ अंक बढेको नेप्से परिसूचक आज ३० अंकले घटेर २६२१ विन्दुमा कायम भएको छ।
नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। आज चार अर्ब ८२ करोडको कारोबार भयो। अघिल्लो दिन चार अर्ब ४० करोडको कारोबार भएको थियो।
२५ कम्पनीको मूल्य बढ्दा २४७ को घट्यो भने पाँचको स्थिर रह्यो।
यसदिन सबैजसो समूहका उपसूचक घटेका छन्। बैंकिङ १.१८, विकास बैंक १.४६, फाइनान्स १.४३, होटल तथा पर्यटन १.२९, जलविद्युत् १.७०, लगानी ०.३९, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन १.१३, माइक्रोफाइनान्स ०.८१, निर्जीवन बीमा १.०७, अन्य १.१५ तथा व्यापार ०.२१ प्रतिशत घटे।
आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, सानीगढ हाइड्रो, कालंगा हाइड्रो, सिटी होटल छन्।
असार २४, २०८३ बुधबार १५:३५:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।