सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ।
मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला नौ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य ५५ रूपैयाँले घटेर चार हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तोलामा चार हजार पाँच सय ५५ रूपैयाँमा कारोबार भएको थियो।
असार २४, २०८३ बुधबार ११:२९:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।