सेयर बजारमा हरियाली : नेप्से २४ अंकले बढ्यो, ४ अर्ब ४० करोडको कारोबार

सेयर बजारमा हरियाली : नेप्से २४ अंकले बढ्यो, ४ अर्ब ४० करोडको कारोबार

काठमाडौं : साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ। मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढेर २६५१ विन्दुमा पुगेको छ। 

आज दिनभरजसो बजारमा हरियाली रह्यो। नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ। आज चार अर्ब ४० करोडको कारोबार भएको छ। अघिल्लो दिन ३ अर्ब ५५ करोडको कारोबार भएको थियो।

२१० वटा कम्पनीको मूल्य बढ्दा ५७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटा  कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। 

आज सबै समूहका उपसूचक बढेका छन्। बैंकिङ १.५२, विकास बैंक १.१३, व्यापार १.८९ प्रतिशत बढेका छन्।  त्यस्तै फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०.९९, लगानी ०.३८, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.२५, निर्जीवन बीमा ०.७२ र अन्य ०.७७ प्रतिशत बढेका छन्।

कालंगा हाइड्रोपावर कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ।

आज धेरै कारोबार भएका कम्पनीमा ग्लोबल आईएमई बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स र शिवम् सिमेन्ट छन्।

असार २३, २०८३ मंगलबार १५:२८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।