लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ।

सोमबारको तुलनामा आज सुन प्रतितोला एक हजार चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा किनबेच भइरहेको छ।

सोमबार सुन प्रतितोला दुई लाख ८९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, मंगलबार चाँदी प्रतितोला ३० रूपैयाँले घटेर चार हजार पाँच सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तोलामा चार हजार पाँच सय ८५ रूपैयाँमा कारोबार भएको थियो। 

असार २३, २०८३ मंगलबार ११:५१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।