एनआईसी एशिया बैंकद्वारा बाल विनायक विद्यालयलाई कम्प्युटर सहयोग
काठमाडौं : एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. २, बालकोटस्थित श्री बाल विनायक आधारभूत विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ।
बैंकले विद्यालयको शैक्षिक वातावरणलाई गुणस्तरीय बनाउन र विद्यार्थीहरूको पठनपाठनलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ आषाढ २२ गते आयोजित एक कार्यक्रमका बीच १ थान ल्यापटप र ३ थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरेको हो।
उक्त सामग्रीहरू बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रञ्जन खड्का र काठमाडौं पूर्व सर्कल हेड गणेश पौडेलले संयुक्त रूपमा सूर्यविनायक नगरपालिका वडा नं. २ का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन खड्का तथा विद्यालयकी प्रधानाध्यापक सविना राजभण्डारीलाई हस्तान्तरण गरेका थिए।
हाल १७० भन्दा बढी विद्यार्थी अध्ययनरत यस विद्यालयमा उपलब्ध गराइएको सहयोगले विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई सहज बनाउन र सूचना प्रविधिको क्षेत्रमा पहुँच पुर्याउन मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।
असार २३, २०८३ मंगलबार ११:२१:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।