शाओमी नेपालले थप तीन ठाउँमा विस्तार गर्यो सर्भिस सेन्टर
काठमाडौं : शाओमी नेपालले बिक्रीपछिको सेवा प्रदान गर्ने उद्देश्यले देशका तीन स्थानमा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। शाओमीले सुनसरीको धरान र इटहरी तथा चितवनको नारायणगढमा सर्भिस सेन्टर स्थापना गरेको हो।
रमेश कर्पोरेट अन्तर्गतको टेलिडाइरेक्टमार्फत सञ्चालन हुने सर्भिस सेन्टरहरूबाट शाओमीका स्मार्टफोन, वेयरएबल्स (स्मार्टवाच र फिट्नेस ब्यान्ड), हियरएबल्स (इयरफोन/हेडफोन) तथा आइओटी उपकरणहरूको मर्मत र प्राविधिक सहयोग उपलब्ध हुनेछ।
सेवा प्रवाहमा आधिकारिक मापदण्ड र 'जेन्युइन' (वास्तविक) स्पेयर पार्ट्सको प्रयोग सुनिश्चित गरिने शाओमीले जनाएको छ। इटहरीको सर्भिस सेन्टरमा 'कस्टमर एक्सपेरिएन्स जोन' समेत राखिएको छ। यस जोनमा शाओमीका विभिन्न उत्पादनहरूको प्रत्यक्ष अवलोकन र प्रयोग गरी अनुभव लिन सकिने व्यवस्था गरिएको छ।
उद्घाटनको अवसरमा शाओमीले विशेष छुट योजना समेत घोषणा गरेको छ। जसबारे जान्न कम्पनीको आधिकारिक सामाजिक सञ्जाल वा सर्भिस सेन्टरमा पुग्न पर्नेछ।
असार २२, २०८३ सोमबार १८:१५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।