नेप्से २६ अङ्कले घट्यो, साढे ३ अर्बमाथिको सेयर कारोबार

नेप्से २६ अङ्कले घट्यो, साढे ३ अर्बमाथिको सेयर कारोबार

काठमाडौं : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २६ दशमलव २९ अङ्कले घटेर दुई हजार ६२७ दशमलव ११ मा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५३ अङ्कले ओरालो लागेर ४५६ दशमलव २७ मा पुग्यो। कूल ३५६ कम्पनीको ७५ लाख ४० हजार ४१८ कित्ता सेयर तीन अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ मूल्यमा खरिद बिक्री भए।

नेप्सेका अनुसार नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र-२०८४, सेन्ट्रल फाइनान्स, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट, आँखु खोला जलविद्युत् कम्पनी र ग्लोबल आइएमई बैंकको डिवेञ्चर कारोबारका आधारमा शीर्ष पाँचभित्र पर्न सफल भए।

यस्तै, स्नो रिभर लिमिटेड, सानिगाड हाइड्रो, कालङ्गा हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक र एसबिएल डिवेञ्चरका लगानीकर्ताले नाफा कमाएका छन् भने थ्री स्टार हाइड्रोपावर, नेपाल फाइनान्स, खानीखोला हाइड्रोपावर, एनआइबिएल स्टेवल फण्ड र उपकार लघुवित्तका लगानीकर्ताले भने गुमाएका छन्। 

असार २२, २०८३ सोमबार १६:०९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।