बीपीएसले पायो युनिभर्सिटी अफ लन्डनको स्नातक पढाउने अनुमति, एक वर्षमै डिग्री पूरा हुने

बीपीएसले पायो युनिभर्सिटी अफ लन्डनको स्नातक पढाउने अनुमति, एक वर्षमै डिग्री पूरा हुने

काठमाडौं : ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिश प्रोफेशनल कलेज (बीपीसी)ले युनिभर्सिटी अफ लन्डनको ‘बीएस्सी प्रोफेसनल एकाउन्टेन्सी’कार्यक्रम सञ्चालनको मान्यता प्राप्त गरेको छ।

यसअघि नै एमएस्सी कार्यक्रम सञ्चालन गरिरहेको बीपीसी, नयाँ सम्झौतासँगै युनिभर्सिटी अफ लन्डनका यी दुवै कार्यक्रम सञ्चालन गर्ने दक्षिण एसियाकै एकमात्र संस्था बनेको छ।

यो स्नातक कार्यक्रम विशेषगरी एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स अध्ययनरत विद्यार्थी, एफिलिएट र सदस्यहरूलाई लक्षित गरी तयार गरिएको हो।

यस व्यवस्थाअन्तर्गत विद्यार्थीले एसीसीएको अध्ययनसँगै युनिभर्सिटी अफ लन्डनको स्नातक उपाधिसमेत हासिल गर्न सक्नेछन्।

विद्यार्थीले यसअघि उत्तीर्ण गरेका केही विषयको मान्यता (क्रेडिट) पाउने भएकाले यो स्नातक तह करिब १२ महिनामै पूरा गर्न सकिनेछ।

पाठ्यक्रममा फाइनान्सियल म्यानेजमेन्ट, परफर्मेन्स म्यानेजमेन्ट र प्रोजेक्ट मोड्युल समावेश छन्। फाइनान्सियल र परफर्मेन्स म्यानेजमेन्ट मोड्युल पूरा गरेपछि विद्यार्थीले एसीसीएका सम्बन्धित परीक्षामा अतिरिक्त शुल्कबिनै छुट प्राप्त गर्नेछन्।

कलेजका अनुसार विद्यार्थीहरूले प्रत्यक्ष कक्षा वा अनलाइन माध्यमबाट अध्ययन गर्न सक्नेछन्।

साथै, युनिभर्सिटी अफ लन्डनले पहिलो पटक यस डिग्री कार्यक्रममा विद्यार्थीको सिकाइ सहजीकरणका लागि २४ सै घण्टा उपलब्ध हुने ‘एआई स्टडी असिस्टेन्ट’ प्रविधिको समेत व्यवस्था गरेको छ।

सन् २०११ मा स्थापित बीपीसी हाल एसीसीएको ‘प्लेटिनम एप्रुभ्ड लर्निङ पार्टनर’को मान्यता प्राप्त संस्था हो।

असार २२, २०८३ सोमबार १३:३३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।