रामादा बाई विन्धाम इटहरीद्वारा विश्वकपका लागि विशेष ‘स्टेकेशन प्याकेज’ सार्वजनिक

रामादा बाई विन्धाम इटहरीद्वारा विश्वकपका लागि विशेष ‘स्टेकेशन प्याकेज’ सार्वजनिक

काठमाडौं : पूर्वी नेपालको इटहरीस्थित होटल ‘रामादा बाई विन्धाम’ले विश्वकप फुटबलका फ्यानहरूलाई लक्षित गर्दै विशेष स्टेकेशन प्याकेज सार्वजनिक गरेको छ।

सार्वजनिक स्थलको भीडभाडबाट टाढा रहेर आरामदायी रूपमा खेल हेर्न चाहने दर्शकहरूका लागि होटलले ‘Big Match on TV, Premium Service on Call’ नामक प्याकेज ल्याएको हो।

एकल बसाइका लागि ६५ सय रुपैयाँ र दुई जनाका लागि ७५ सय रुपैयाँ रहेको छ। जस अन्तर्गतख कोठामै बसेर विश्वकपका खेलहरू हेर्न सकिने, प्याकेजअन्तर्गत भेज/ननभेज स्न्याक्स तथा बियरको व्यवस्था रहेको छ।

यसका अतिरिक्त होटलको स्विमिङ पुल, साउना र स्टीम सुविधामा पूर्ण पहुँच पाइनेछ भने सेमिफाइनल र फाइनल खेलका लागि होटलले ठूलो पर्दा (बिग स्क्रिन)मा सामुहिक खेल प्रदर्शनको आयोजना गर्ने भएको छ।

उपलब्धताका आधारमा बेलुकी ४ बजेसम्म अर्ली चेक-इन तथा लेट चेक-आउटको सुविधा र थप खानपानमा १० प्रतिशत छुटको समेत व्यवस्था रहेको छ।

व्यस्तता र यात्राका बीच पनि फुटबलको आनन्द लिन चाहने पाहुनाहरूका लागि यो प्याकेज उपयोगी बन्ने होटलले विश्वास लिएको छ। थप जानकारी तथा बुकिङका लागि पाहुनाहरूले होटलमा प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन्।

असार २२, २०८३ सोमबार १०:४६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।