५० एमपी अल्ट्रा-वाइड सेल्फी क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित ओप्पो ‘ए सिक्स एस प्रो’ नेपाली बजारमा
काठमाडौं : ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ‘ए सिक्स एस प्रो’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
प्रिमियम लुक्स र उच्च कार्यक्षमता खोज्ने ग्राहकहरूलाई लक्षित गर्दै कम्पनीले यो डिभाइस नेपाली बजारमा भित्र्याएको हो। नेपाली बजारमा यसको आधिकारिक मूल्य ५६ ह्यझँर ९९९ तोकिएको छ।
ओप्पो ए सिक्स एस प्रोमा ६.५७ इन्चको एमोलेड डिस्प्ले छ, जसले १२० हर्जको हाई रिफ्रेस रेट सपोर्ट गर्दछ। १ हजार चार सय निट्सको पिक ब्राइटनेसका कारण चर्को घाममा पनि यसको स्क्रिन प्रस्ट देखिन्छ। यसमा सहज गेमिङ र मल्टिटास्किङका लागि मिडियाटेक हेलियो जी १०० म्याक्स प्रोसेसर र ८ जीबी र्यामका साथ २५६ जीबी आन्तरिक स्टोरेज क्षमता दिइएको छ। दैनिक प्रयोगमा आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै यो फोनलाई IP69K रेटेड पानी र धुलो प्रतिरोधक बनाइएको छ।
विशेषगरी फोटोग्राफी र सेल्फीका सौखिनहरूका लागि यस फोनमा ५० एमपीको अल्ट्रा-वाइड सेल्फी क्यामेरा जडान गरिएको छ, जसले फराकिलो र स्पष्ट ग्रुप फोटो खिच्न मद्दत गर्छ। फोनको पछाडिको भागमा ५० एमपी मुख्य क्यामेरा र २ एमपीको सेकेन्डरी क्यामेरा सहितको रियर सेटअप रहेको छ।
यसमा रहेको सात हजार एमएएचको विशाल ब्याट्री हो। साथै, ८० वाटको सुपरभूक फ्ल्याश चार्जिङ प्रविधिले गर्दा मात्र ६१ मिनेटमा फोन फुल चार्ज हुने कम्पनीले दाबी गरेको छ।
लन्च अफर अन्तर्गत कम्पनीले सुरुवाती ग्राहकहरूका लागि विशेष २ महिनाको रिप्लेसमेन्ट पोलिसी समेत ल्याएको छ। यो योजना ३ जुलाई २०२६ देखि २ अगस्ट २०२६ सम्म खरिद गर्ने ग्राहकहरूका लागि लागू हुनेछ र योग्य ग्राहकले २ सेप्टेम्बर २०२६ सम्म आफ्नो डिभाइस रिप्लेसमेन्टको दाबी गर्न सक्नेछन्।
यो स्मार्टफोन हाल ‘लुमिना फरेस्ट’ र ‘इक्लिप्स ब्लु’ गरी दुई आकर्षक रङहरूमा नेपालभरका आधिकारिक रिटेल स्टोरहरूमा बिक्रीका लागि उपलब्ध भइसकेको छ। ग्राहकहरूको आर्थिक सहजताका लागि फोन खरिद गर्दा आकर्षक ईएमआई सुविधा समेत उपलब्ध गराइएको छ।
असार २१, २०८३ आइतबार १३:२२:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।