कालीकोटका ५७ विपद् प्रभावित परिवारलाई सिटिजन लाइफको राहत
काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सले कालीकोटका विपद् प्रभावित ५७ परिवारलाई राहत सामग्री वितरण गरेको छ। इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत वर्षाका कारण समस्यामा परेका परिवारहरूलाई न्यानो कपडा (सिरक र डसना) सहयोग गरेको हो।
कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रसँगको समन्वयमा कालीकोटको शुभकालिका र महावै गाउँपालिका तथा खाँडाचक्र र तिलागुफा नगरपालिकाका विभिन्न वडामा राहत वितरण गरिएको इन्स्योरेन्सले जनाएको छ।
प्राकृतिक विपद्का कारण प्रभावित बनेका परिवारको दैनिक जीवनयापनमा केही सहजता होस् भन्ने उद्देश्यले ‘स्ट्यान्डर्ड डबल सिरक’ र डसना उपलब्ध गराइएको छ। राहत सामग्री वितरण कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर राजु सिजापतिले प्रभावित परिवारलाई सामग्री हस्तान्तरण गरेका थिए।
असार २१, २०८३ आइतबार १२:३७:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।