महालक्ष्मी विकास बैंकद्वारा पाँच विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं : महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच जना जेहेन्दार विद्यार्थीहरूलाई ‘महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ प्रदान गरेको छ।
बैंकले विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीहरूलाई जनही ५० हजार रुपैयाँका दरले छात्रवृत्ति उपलब्ध गराएको हो।
धनगढीको शारदा माध्यमिक विद्यालयकी गुञ्जन सुनार, काठमाडौंको नन्दी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विपिन बुढाथोकी, वीरगन्जको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी अनिशा शाह, हेटौँडाको अमर माध्यमिक विद्यालयकी सुमिना लामिछाने र झापाको सीताराम सामुदायिक अंग्रेजी विद्यालयकी मुस्कान खातुनलाई छात्रवृत्ति प्रदान गरिएको बैंकले जनाएको छ।
आर्थिक अभावका कारण विद्यार्थीहरू अध्ययनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ। ३२ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको महालक्ष्मी विकास बैंकका देशभर ८ लाखभन्दा बढी ग्राहक रहेका छन्।
असार २१, २०८३ आइतबार १२:२५:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।