एलजीको नयाँ श्रृंखला ‘एसेन्सियल सिरिज’ सार्वजनिक
एजेन्सी : एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई लक्षित गरेर नयाँ घरेलु उपकरण श्रृंखला ‘एलजी एसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ।
पोखरामा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त श्रृंखला अन्तर्गत डबल-डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप-लोड वासिङ मेसिन र रुम एयर कन्डिसनहरू समावेश छन्।
जुन २०२६ देखि देशभरका आधिकारिक एलजी ब्राण्ड सप, रिटेल आउटलेट र प्रमुख ई-कमर्स प्लेटफर्ममार्फत बिक्री वितरण हुने यी उत्पादनको मूल्य करिब ४९ हजार ६९० रुपैयाँबाट सुरु हुने एलजीले जनाएको छ।
फ्रस्ट-फ्री प्रविधियुक्त रेफ्रिजेरेटरमा २० प्रतिशत बढी तरकारी भण्डारण क्षमता र मौसमअनुसार चिस्यान नियन्त्रण गर्ने ‘स्मार्ट मोड’ रहेको जनाइएको छ। वासिङ मेसिनमा कम पानीको चापमा पनि प्रभावकारी धुलाई गर्ने ‘लो-प्रेसर फिल’ प्रविधि र वाटर-रेसिस्टेन्ट कन्ट्रोल प्यानल जडान गरिएको कम्पनीले जनाएको छ।
कुलिङ र हिटिङ दुवै सुविधा भएको एयर कन्डिसनर ऊर्जा-दक्ष रहेको वातावरणमैत्री ‘आर-३२’ रेफ्रिजरन्ट प्रयोग गरिएको छ। नेपालमा चार दशकदेखि एलजीका उत्पादनहरू वितरण गरिरहेको सिजी इलेक्ट्रोनिक्सले यी नयाँ उपकरणहरूले दैनिक आवश्यकतालाई सहज बनाउने विश्वास व्यक्त गरेको छ।
असार २१, २०८३ आइतबार १२:१५:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।