दराजको महाबचत बजारमा स्मार्टफोन जित्ने मौका; ७५ प्रतिशतसम्म छुट अफर
काठमाडौं : दराज नेपालले आगामी असार २२ गतेदेखि सुरु हुने गरी वार्षिक अभियान ‘७.७ महाबचत बजार’को घोषणा गरेको छ। शुक्रबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार उक्त अभियानको क्रममा सामान खरिद गर्दा ७५ प्रतिशतसम्म छुट र डिजिटल भुक्तानीमा सहुलियत प्राप्त हुनेछ।
५० लाख रुपैयाँ बराबरको सपिङ भौचर र नि:शुल्क डेलिभरीलाई आकर्षणका रूपमा प्रस्तुत गरिएको छ। विज्ञप्तिअनुसार 'मेगा गिभअवे' अन्तर्गत तीन जनाले लक्की ड्रमार्फत नथिङ फोन (२ए), मोटोरोला मोटो जी९६ फाइभजी र एआई प्लस प्लस २ स्मार्टफोन प्राप्त गर्नेछन्। उपहार जित्न कम्तीमा ५ हजार रुपैयाँ बराबरको खरिद गर्नुपर्ने सर्त राखिएको छ।
यस्तै, दराजले विभिन्न स्तरका ब्रान्ड पार्टनरहरूका लागि छुट्टाछुट्टै छुटको व्यवस्था गरेको छ। दैनिक गिभअवेअन्तर्गत फ्यानटेक, अल्टिमा र बोसिनीका उत्पादन जित्ने अवसर समेत रहनेछ, जसको विजेता घोषणा हरेक दिन दिउँसो ३ बजे दराजको टिकटक च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।
असार २२ गते राति ८ बजेदेखि असार २३ गते बिहान २ बजेसम्म ६ घण्टा 'ब्रान्ड रस आवर' सञ्चालन हुनेछ, जहाँ १०० भन्दा बढी ब्रान्डका सामानमा ७५ प्रतिशतसम्म छुट दिइने दराजले जनाएको छ। बचतलाई प्रोत्साहन गर्न दराजले ईसेवासँग सहकार्य गरेको छ। ईसेवामार्फत भुक्तानी गर्दा 'ब्रान्ड रस आवर'मा १२ प्रतिशत (अधिकतम २०० रुपैयाँ) र नियमित अभियान अवधिभर १० प्रतिशत (अधिकतम १ हजार रुपैयाँ) सम्म थप छुट प्राप्त हुने विज्ञप्तिमा उल्लेख छ।
असार १९, २०८३ शुक्रबार १५:३५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।