नेपाल बैंक र एनसीएचएलबीच सम्झौता, अब नेपालपे कार्ड जारी गरिने

नेपाल बैंक र एनसीएचएलबीच सम्झौता, अब नेपालपे कार्ड जारी गरिने

काठमाडौं : नेपाल बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच नेशनल पेमेन्ट स्विच र नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसीपका लागि सम्झौता भएको छ।

सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि नेपाल बैंकले आफ्ना ग्राहकका लागि नेपालपे कार्ड जारी गर्न र यसको कारोबार एक्सेप्ट) गर्नेछ भने  एनसीएचएलले अन्तर्राष्ट्रिय नेटवर्कसँग सहकार्य गरेसँगै नेपालपे कार्ड नेपाल तथा विदेशका एटीएम र पीओएस टर्मिनलहरूमा प्रयोग गर्न सकिनेछ।

यस प्रणालीमार्फत भारतको रुपे कार्ड र अन्तर्राष्ट्रिय डिस्कभर कार्डहरू पनि नेपालका एटीएम तथा पीओएसमा प्रयोग गर्न सकिनेछ।

यो सेन्ट्रल कार्ड स्विचको कार्यान्वयनले आन्तरिक कार्ड कारोबारको लागत घट्ने, डाटा लोकलाइजेशन सुनिश्चित हुने र डिजिटल इकोसिस्टमको प्रवर्द्धन हुने अपेक्षा गरिएको छ। हालसम्म यस प्रणालीमा अन्य ३५ वटा बैंक तथा वित्तीय संस्थाहरू आवद्ध भइसकेका छन्।

असार १९, २०८३ शुक्रबार १४:१०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।