यामाहाले मनायो ७१औं वार्षिकोत्सव

यामाहाले मनायो ७१औं वार्षिकोत्सव

काठमाडौं : यामाहा मोटर कम्पनीले जुलाई १ का दिन आफ्नो ७१औं वार्षिकोत्सव (यामाहा डे) नेपालभर विविध व्यावसायिक तथा सामाजिक कार्यक्रमहरू आयोजना गरी मनाएको छ।

नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू  ग्रुपले सातै प्रदेशमा ग्राहक, डिलर र स्थानीय समुदायलाई समेटेर यस उत्सवको आयोजना गरेको हो।

वार्षिकोत्सवका अवसरमा  देशका प्रमुख ७ सहरका शोरुममार्फत रक्तदान कार्यक्रम आयोजना गरी करिब ३५० युनिट रगत सङ्कलन गरिएको छ।

यस्तै, विराटनगर प्लान्टमा वृक्षारोपण र काठमाडौंमा प्रहरीसँगको सहकार्यमा सडक सुरक्षा सचेतना अभियान चलाइएको थियो।

यामाहा पर्साले खैरहनीस्थित श्री धर्मेश्वर आधारभूत विद्यालयका ७ जना विपन्न विद्यार्थीको कक्षा १२ सम्मको सम्पूर्ण अध्ययन खर्च व्यहोर्ने प्रतिबद्धता जनाएको छ।

कम्पनीले २० वर्षभन्दा बढी सेवा गरेका कर्मचारी, १६ देखि ४० वर्षसम्म निरन्तर यामाहा चढ्ने पुराना ग्राहक, १ देखि २ लाख किलोमिटर यात्रा तय गरेका राइडर र स्थानीय मेकानिकहरूलाई सम्मान गरेको छ।

देशभरका सेवा केन्द्रहरूमा लेबर चार्जमा २५ प्रतिशत छुटका साथै ‘७ प्रदेश, ७ ग्राहक’ अभियान अन्तर्गत ७ जना भाग्यशाली ग्राहकलाई शतप्रतिशत क्यासब्याक प्रदान गरिएको छ।

एमएडब्लू राइड्सका प्रबन्ध निर्देशक तथा अध्यक्ष विष्णु अग्रवालले यामाहा नेपालभरका ४०० परिवारको रोजगारीसँग जोडिएको उल्लेख गर्दै यसलाई समुदायसँगै अघि बढ्ने ब्रान्डका रूपमा स्थापित गरिएको बताए।

असार १९, २०८३ शुक्रबार ११:३२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।